ट्रेण्डिङ

होमपेज / राजनीति

केपी ओलीलाई रोक्यौँ तर प्रतिगमनको खतरा सधैँ छ: बाबुराम भट्टराई

नेपालगाथा २०७८ पौष ५ गते सोमबार १४:४४:२५ मा प्रकाशित

काठमाडौं । समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् ।

समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको गठबन्धनलाई भत्काउने खोजिएको भन्दै त्यसैले सचेत रहेन आग्रह गरेका थिए ।

“हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा अझै छ,” उनले भने, “पार्टीहरु पनि स्खलित हुँदै गयौँ । लम्पट हुँदै गयौँ । दक्षिणपन्थी शक्ति हाबी हुन सक्छन् ।”

उनले एमसीसीमा पनि राष्ट्रिय सहमति कायम राख्दै गठबन्धन पनि चुनावसम्म कायम राख्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top