होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आर्थिक वर्ष २०७६/०७७ र आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो ।
अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गरेका थिए ।राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह एमालेका सांसदहरूले मानेनन् ।
प्रतिनिधिसभाका सभामुखले आफूहरूले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे ।