ट्रेण्डिङ

होमपेज / राजनीति

'एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु' - एमाले नेता रावल

नेपालगाथा २०७८ पौष ३ गते शनिबार १६:२०:४५ मा प्रकाशित

अछाम । नेकपा एमालेका नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भएको छ । गृहजिल्ला बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभयो ।

तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परीणाम राम्रो नहुने रावलको भनाई छ । रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गर्नुभयो । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उहाँको जोड थियो । उहाँले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको ठोकुवा पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top