होमपेज / राजनीति
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।दाहालकी स्वकीय सचिव गंगा दाहालका अनुसार प्रचण्डले कांग्रेसको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
“सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो,” उनले भनेकी छन्, “सोही अवसरमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।”