ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा

पाँच सहमहामन्त्री पदको मतगणना आज

नेपालगाथा २०७८ पौष २ गते शुक्रबार ०९:५१:४५ मा प्रकाशित

काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो।

 नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छन्। डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन।

अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र क्लष्टरमा भएको निर्वाचनको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top