होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको मतदानको मत परिणाम आउने क्रम सुरु भएको छ ।
महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।अहिलेसम्म ९ सय मत गणना भइसकेको छ । निर्वाचन समिति स्रोतले दिएको जानकारीअनुसार ९ सय मत गणना हुँदा गगन थापालाई ५७५ जनाले मतदान गरेको पाइएको छ भने विश्वप्रकाश शर्मालाई ३४१ मत दिएका छन् ।
प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन् ।