ट्रेण्डिङ

होमपेज / राजनीति

केपी ओलीले पूर्वराजासँग जोडेपछि प्रचण्डले भने– ज्ञानेन्द्रसँग गरेको सहमति प्रमाणित गर

नेपालगाथा २०७८ पौष १ गते बिहीबार ०९:४९:२५ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफूले पाँच बुँदे सहमति गरेको प्रमाणित गर्न एमाले मध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् ।

प्रचण्डले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्, पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।”

शेयरबजारलाई प्रचण्डले साम्राज्यवादकाे विकसित रूप भनेपछि ओलीले चन्दा नदिएपछिकाे अभिवय्क्त करार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top