ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डलाई ओलीको आरोप :सेयर कारोबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिन खोजे

नेपालगाथा २०७८ मंसिर २९ गते बुधबार १४:१९:५१ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइप्रति कडा आलोचना गरेका छन् ।

बुधबार शपथ लिएका एमालेका मनोनीत केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने बन्दै प्रतिक्रिया दिएको बताए ।ओलीले शेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले नकरात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।

‘प्रचण्डले बडो क्रान्तिकारी, साम्राज्यवादको विकसित रुप सेयर बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ ओलीले भने ‘लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर नयाँ थेसिस ठोकिदिए, दुई दिनमै सेयर बजार धरासयी ।’

जनताको जीवनस्तरमा कस्तो असर गर्छ भन्ने विषयलाई कुनै मतलव नगरी दाहालले अभिव्यक्ति दिएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top