होमपेज / राजनीति
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेप्रति आक्रामक भएका छन् । उनले एमालेले गरेको संसद अवराेधप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।
संसद् सञ्चालनका लागि अपिल पनि गरेका छन् ।“नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ,” आज बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो । लोकतान्त्रिक मान्यतालाई आत्मासात् गर्दै संसद् सुचारु गर्न नेकपा (एमाले) लाई गम्भीर अपिल गर्दछु ।”