होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।
समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको र राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने क्रियाकलाप भइरहेको भन्दै उनले यसप्रति सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण पनि गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आएको सन्दर्भमा कांग्रेस नेता पौडेलले सो धारणा बुधबार सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका हुन् ।
“...राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगैप्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणाली नै सिध्याउन खोजिएको देखिन्छ,” उनले भनेका छन् ।