ट्रेण्डिङ

होमपेज / राजनीति

संसद बैठक एक हप्ताका लागि स्थगित

एमाले अवरोधबीच ६ अध्यादेश पेस

नेपालगाथा २०७८ मंसिर २८ गते मंगलबार १५:३६:४५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवशेनको पहिलो बैठक छोटो समय बसेर सकिएको छ । 

मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।जनप्रतिनिधिमुलक थलोमा अवरोध नगर्न सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे ।

मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् ।

त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top