होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उमेदवार डा. शेखर कोइरालाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताएका छन् ।
कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् । पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे ।
“ महाधिवेशन प्रतिनिधि आफैँ नेता हो । उहाँहरुले जुन मतदान गर्दै हुनुहुन्छ,” उनले भने, “अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् । कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु । आजसम्म रुपान्तरण र पुनर्जागरण गरेर आइरहेको छु । त्यसलाई तार्किक निष्कर्षमा पुर्याउने प्रयास गरिरहेको छु । हामी मिलेर काम गर्छौँ भन्ने कुरा राख्न चाहन्छु ।”