होमपेज / राजनीति
काठमाडौं । कांग्रेस सभापति चयनका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।दोस्रो चरणको मतदान आजै गर्ने तयारी छ ।
पहिलो चरणमा देउवाले २२५८ प्राप्त गर्दा शेखरले १७२९ मत प्राप्त गरे । प्रकाशमानले ३७१ मत प्राप्त गरेका छन् भने विमलेन्द्र निधिले २४९ मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुनका लागि कुल खसेको मतको पचास प्रतिशत मत प्राप्त गर्नु अनिवार्य छ ।तर कुनै पनि उमेदवारको पचास प्रतिशत मत नआउँदा दोस्रो चरणमा जान लागेको हो ।