होमपेज / राजनीति
सुर्खेत। नेकपा एमालेका स्थायी किमिटी सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल कर्णाली प्रदेशकाे बन्नुभएकाे छ । कर्णाली प्रदेश कै नेतालाई इन्चार्ज बनाउनुपर्ने पटकपटककाे कर्णालीका नेता तथा कार्यकर्ताकाे चाहना यस पटक पूरा भएकाे छ । नेकपा एमालेकाे दशौं महाधिवेशन पश्चात दोस्रो पटक बसेको केन्द्रीय कमिटी बैठकको निर्णय पश्चात पार्टी स्थायी किमिटी सदस्य यामलाल कँडेललाई कर्णाली प्रदेशकाे इन्चार्जकाे जिम्मेवारी दिइएकाे हो ।
शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको कार्य विभाजन अनुसार नेता कँडेलले पहिलो पटक कर्णाली प्रदेशको इन्चार्जकाे जिम्मेवारी पाउनुभएकाे हो । यसैगरी बैठकले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलाई सहइन्चार्ज तोकेको छ ।
कर्णालीको पार्टीलाई भूगोलमा बलियो बनाउन स्थानीय स्तरका नेता खट्ने तर नेतृत्व कहिल्यै नपाउने भन्दै पार्टी भित्रै स्थानीय नेता तथा कार्यकर्ताले नेतृत्व समक्ष गुनासाे पाेखेपछि कर्णालीकै अगुवा नेता यामलाल कँडेल र गाेरखबहादुर बाेगटीलाई इन्चार्ज र सहइन्चार्जकाे जिम्मेवारी दिइएकाे हो ।
'चितवनको सौराहमा सम्पन्न पार्टीको दशौ महाधिवेनशमै हामीले कर्णालीले कम्तीमा एक पदाधिकारी (सचिव) पाउनु पर्छ भनेका थियौ तर त्यतिवेला नेतालाई व्यवस्थापन गर्ने सन्दर्भमा कर्णालीलाई समेट्न सकेको थिएन' एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले भने, 'तर केन्द्रीय कमिटीको दोस्रो बैठकले कर्णालीको पार्टीलाई पनि सम्मानजनक स्थान दिएको छ, यो निकै खुशीको कुरा हो ।' पार्टाीकाे अहिलेसम्मकाे लामो इतिहाँसमा कर्णालीले स्थायी कमिटी जिम्मेवारी पाएको थिएन । तर यस पटक भने कर्णालीकाे पार्टीले पहिलाे पटक स्थायी कमिटीकाे जिम्मेवारीका साथै भूगाेलकाे जिम्मेवारी पनि पाएकाे छ ।
यसैगरी नेकपा एमाले कर्णाली प्रदेशका नेताहरू गुलावजङ्ग शाह, भैरव श्रेष्ठ, लक्ष्मी पाेखरेल र माेहन बाँनियाले पाेलिटब्युराे सदस्यकाे जिम्मेवारी पाउनुभएकाे छ । कर्णाली प्रदेशकाे अध्यक्षमा नेता विनाेदकुमार शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा युवा नेता कमल शाही र सहसचिवमा टेकराज पछाइ र रूपा शाहीले जिम्मेवारी पाउनुभएकाे छ ।
नेकपा एमाले सुर्खेत जिल्लाकाे इन्चार्जमा नवराज रावत र सहइन्चार्जमा माेहनमाया ढकालले जिम्मेवारी पाउनुभएकाे छ ।
एमाले भित्रको पार्टी एकताको मर्म र भावनाअनुसार कर्णालीले पदाधिकारी नपाए पनि दशौं महाधिवेशनअघि केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको संख्या ११ जनाबाट बढेर अहिले दुई दर्जन बढी पुगेको छ । नेकपा एमाले कर्णाली प्रदेशका नेताहरूले पाएकाे अवसरसँगै अब कर्णाली प्रदेशका १० वटै जिल्लामा एमालेकाे लाल किल्ला बनाउने जिम्मेवारी पनि थपिएकाे नेताहरूले बताएका छन् ।