ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी कार्यालयअगाडि घेराउ

नेपालगाथा २०७८ मंसिर २७ गते सोमबार १७:२१:५८ मा प्रकाशित

काठमाडौं । नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।

सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् । घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए ।

नेता गजुरेलले भने – एमसीसी भनेको एउटा धारिलो तरवार हो । हामी वारीपारी भएर हिँडिरहेका छौँ । तरवार हल्लिरहेको छ । अलिकति सावधानी भएन भने गर्धन काटिन्छ । त्यसकारण एमसीसी संसोधन होइन खारेज गरिनुपर्छ । एक, दुई, तीन खारेज हुनुपर्छ । खारेज नहुँदासम्म हाम्रो संघर्ष जारी रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top