होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुन लागेको मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।
लामो समय संस्थापनइतर खेमाको नेतृत्व सम्हाल्दै आएका पौडेलले मतदानमा सहभागी नहुने निर्णय लिएकाे उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
पाैडेलकाे याे निर्णयले कांग्रेसकाे चुनावी नतिजामा फरक पार्ने आँकलन भइरहेकाे छ । २४ गते भएको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भए यता उनी महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी छैनन् ।