होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले पार्टीका सातवटै प्रदेशको इन्चार्ज तोकेको छ ।
केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो ।प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् ।
यस्तै गण्डकीको इन्चार्जमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।