होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दावी गरे ।
‘पहिलो चरणमा कसैको पनि बहुमत आउँदैन । दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुन्छौं’, निधिले भने ।यसअघै आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पार्टीकाे सभापतिमा हारे भाेलिपल्टैबाट हारेकाे शेरबहादुरले प्रधानमन्त्री रहन नपाउने भन्दै हाेहल्ला सुरु हुने भएकाेले आफूले जित्नैपर्ने दबाब रहेकाे बताएका थिए ।