होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै निवास पुगेर भेटेका छन् ।
पौडेल निवास बोहोराटारमै पुगेर देउवाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेको पौडेलको सचिवालयले जानकारी दिएको छ ।भेटमा देउवाले ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस्’ भनेको पौडेल निकट स्रोतले बतायो ।
जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।