ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेताहरु आउने क्रम सुरु

नेपालगाथा २०७८ मंसिर २४ गते शुक्रबार १४:२४:५४ मा प्रकाशित

 

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेताहरु आउने क्रम सुरु भएको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिने भएका छन् । 

 सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।

त्यस्तै अन्य पार्टीका प्रमुखहरु आउनेक्रम जारी छ । केही विदेशी नेताहरु पनि महाधिवेशनस्थल पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top