ट्रेण्डिङ

होमपेज / राजनीति

सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गछौँ: देउवा

नेपालगाथा २०७८ मंसिर २३ गते बिहीबार १२:३४:२० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए । सहमहामन्त्री महामन्त्री डा। प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे ।

महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौँ आएका नेता–कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे । १४औं महाधिवेशन नेपाली काँग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top