होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार डाकेर महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् ।
देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ ।
उनले भनेका थिए– यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।”प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए ।“महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन्,” देउवाले भने, “सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ ।”
देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने बताएका थिए ।