होमपेज / राजनीति
विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ ।
नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका हुन।संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् ।
दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।