होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत ६ प्रदेशकाे नतिजा सार्वजनिक हुँदा संस्थापन समूहले चार प्रदेशमा कब्जा जमाएकाे छ ।
२०५२ सालमा ४९ वर्षकै उमेरमा मुलुकको प्रधानमन्त्री बनेका देउवालाई कांग्रेसको सभापति बन्न भने जीवनको उत्तरार्द्धसम्मै संघर्ष गर्नुपर्यो । उनी झण्डै ७० वर्षको उमेरमा कांग्रेसको सभापति बने ।
सार्वजनिक मतपरिणाम अनुसार चारवटा प्रदेशमा संस्थापन र दुईवटा प्रदेशमा इतर पक्षका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । कांग्रेसभित्र लामो समय कोइराला परिवारको निकट रहेका देउवामा जब नेतृत्वको आकांक्षा बढ्दै गयो, उनले कोइराला परिवारविरुद्ध नै विद्रोह गरे । कोइराला परिवारको दबदबा रहेको कांग्रेसमा देउवाले दशौं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर चुनौती दिए ।
प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । थापाले ८ सय ४४ मत ल्याउँदा घिमिरे २ मतले पराजित भए ।
घिमिरेले ८ सय ४२ मत पाए । शनिबार भएको निर्वाचनमा १ हजार ७ सय ५२ मत खसेको थियो ।सभापतिमा निर्वाचित थापा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति हुन् ।
यस्तै बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ विजयी भएका छन् । संस्थापनइतर पक्षका जगदीश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्दै बानियाँ विजयी भएका हुन् । यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो ।
जसमा बानियाँले १ हजार ८५ र केसीले ९ सय २७ मत प्राप्त गरि विजयी बनेका हुन् । पहिलो चरणमा तेस्रो भएका सिटौला समूहका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई समर्थन गरेका थिए ।
लुम्बिनी प्रदेशमा संस्थापनइतर पक्षका अमरसिंह पुन विजयी बनेका छन् । उनले संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पुनले संस्थापन पक्षका शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए ।
गण्डकी प्रदेशमा संस्थापनइतर समूहका शुक्रराज शर्मा विजयी भएका छन् । उनले संस्थापन पक्षका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरे । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाए ।
यस्तै कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् ।ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याए ।
पटकपटक मिति तोक्ने र टार्ने नियतीका बीच कांग्रेस अब १४औं महाधिवेशनको सम्मुखमा पुगेको छ । केन्द्रीय महाधिवेशन मंसिर २४-२७ सम्म हुँदैछ भने प्रदेश दुई बाहेकका ६ प्रदेशमा प्रदेश अधिवेशन पनि सम्पन्न भइसकेको छ । देशभरका झण्डै नौ लाख क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गरेर चुनिएका करीब ४५ सय महाधिवेशन प्रतिनिधिले अबको कांग्रेसको नेतृत्व चयन गर्नेछन्, चार वर्षका लागि ।
जबजब महाधिवेशन नजिकिन्छ, कांग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा पनि जोडतोडले उठ्ने गरेको छ । तर यसपटक पनि प्रतिस्पर्धा भने पुरानै नेताहरूबीच हुने सम्भावना छ ।