ट्रेण्डिङ

होमपेज / राजनीति

'मतदाता नामावलीमा कसैको नाम नछुटोस्'

महाधिवेशनपछि एमालेको पहिलो आह्वान

नेपालगाथा २०७८ मंसिर १९ गते आइतबार १९:४०:४१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले मतदाता सङ्कलनमा चासो दिन सबै कमिटीहरूलाई सर्कुलर जारी गरेका छ । पार्टी महासचिव शङ्कर पोख्रेलले मताधिकारका लागि सबैलाई मतदाता नामावली र आवेदन फारम भर्न आग्रह गरेका हुन् ।

मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्न र गराउन निर्देशन जारी गरिएको छ । निर्देशनमा आगामी दश दिनसम्म हुने मतदाता नामावली सङ्कलन अभियानमा सहभागी हुन भनिएको छ ।

१८ वर्ष पुरा भएका सबै नागरिकहरूलाई मतदाता नामावली सङ्कलनमा सहयोग गर्न समेत सर्कुलरमा उल्लेख गरिएको छ । उनीहरूलाई पालिका केन्द्रमा पुर्याउन समेत सहयोग गर्न सबै कमिटीहरूलाई निर्देशन दिइएको छ ।

सर्कुलर मृत्यु भएका, बसाइँ सराइ भएका वा अन्य हिसाबले अयोग्य रहेकाहरूको नामावली हटाउन प्रक्रियागत रूपमा अघि बढ्न भनिएको छ । यसका साथै मतदान गर्ने उमेर पुगेका तर, नाम छुटेकाहरूको आफू रहेकै स्थानमा नामावली फारम भर्न र समन्वय गर्न भनिएको छ ।

निर्वाचन आयोग, निर्वाचन कार्यालय र मतदाता नामावलीमा खटिएकाहरूसँग पनि समन्वय गर्न निर्देशनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top