ट्रेण्डिङ

होमपेज / राजनीति

पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको कमल थापाकाे आरोप

नेपालगाथा २०७८ मंसिर १९ गते आइतबार ०९:३४:३७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन्। 

अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले उक्त आरोप लगाएका हुन् । उनले आफूलाई ‘राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाएका छन् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । 

लिङ्देनलाई पूर्व राजा ज्ञानेन्द्रको साथ रहेको बताइएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top