होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनले देश चलाउन नसकेको जिकिर गरेका छन् ।
शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन्।
“पाँचदलीय गठबन्धनबाट देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यो भद्रगोल, यो अनियमितता, यो स्थिति देशले धेरै लामो भोग्न सक्दैन, हामीले सधैँ भनिरहेका छौं,” उनले भने ।ओलीले ताजा जनादेशमा जानुपर्नेमा जोड दिए ।