होमपेज / राजनीति
काठमाडौं । राप्रपाले अध्यक्षको उम्मेदवारका लागि १ लाख रुपैयाँ शुल्क तोकेको छ ।
त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।
बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षको उम्मेदवार बन्दैछन् । काठमाडौंको भृकुटीमपण्डमा जारी महाधिवेशन १७ मंसिरमा सकिने कार्यतालिका छ । अध्यक्षको प्रत्यासी थापा र लिङ्देनबीच सहमति नजुटेका कारण मतदान हुँदैछ ।