होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनबाट अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले आफ्नो प्यानल बनाएका छन् ।
पार्टीका चार उपाध्यक्ष र महामन्त्री पदमा उनको पक्षबाट लड्ने उम्मेदवारहरु तय भएका हुन् ।उनको प्यानलबाट उपाध्यक्षमा पार्टीका पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी, पूर्व मन्त्री तथा पूर्व उपाध्यक्ष विक्रम पाण्डे र सर्लाहीका नेता रामचन्द्र राय उपाध्यक्ष लड्ने भएका छन् ।
महिला उपाध्यक्षमा लीला श्रेष्ठ लिङदेन समुहकी उम्मेदवार बन्ने भएकी छन्।यस्तै तीन महामन्त्री पदका लागि क्रमशः डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन् ।