ट्रेण्डिङ

होमपेज / राजनीति

राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही छैनन् : सीपी मैनाली

नेपालगाथा २०७८ मंसिर १५ गते बुधबार १४:३२:४५ मा प्रकाशित

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले पृथ्वीनारायण शाहपछि नेपालको सबैभन्दा राष्ट्रवादी मान्छे तत्कालीन राजा महेन्द्र भएको बताएका छन् ।

बुधबार काटमाडौंमा राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उनले राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही पनि नभएको बताए ।भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै मैनालीले नेपाललाई भारतमा विलय हुनबाट जोगाउन राजा महेन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘नेपाललाई भारतमा गाभिएको सिक्किम वा भुटानजस्तो हुनबाट रोक्नको निम्ति पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने ती राजा महेन्द्र हुन् । दिल्ली सम्झौतामा उल्लेख विधान सभा भएको भए नेपाल त्यतिबेलै भारतमा गाभिन्थ्यो’, मैनालीले भने ।

अहिले पटक–पटक परिवर्तनको नाममा विदेशीहरूलाई गुहारिएको भन्दै उनले राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताए । उनले राप्रपा देशभक्तिको बाटोमा अघि बढेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top