होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् ।
३५ वटा विद्युतीय मेसिनको मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी ओलीले ९१९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले १०४ मत पाएका छन् ।
एमाले महाधिवेशनमा ६९ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।