ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले महाधिवेशनकाे मतदानमा सहभागी भएनन् ३९ प्रतिनिधि

नेपालगाथा २०७८ मंसिर १४ गते मंगलबार १३:०२:२४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदान सकिएको छ । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए ।

 नेतृत्व चयनका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top