ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकियाे

प्राविधिकसँग छलफल गरेर मतगणना सुरु हुने

नेपालगाथा २०७८ मंसिर १४ गते मंगलबार १०:५५:०३ मा प्रकाशित

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ ।मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । 

बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको थियो ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिले मत हालेका छन्।प्राविधिकसँग छलफल गरेर मत गणना सुरु हुनेछ।चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top