ट्रेण्डिङ

होमपेज / राजनीति

उमेदवारलाई भोट नहाल्न भन्दै मतदानस्थल बाहिर बाँडियो लिस्ट

भीम रावल आक्राेशित, ओलीका कार्यकर्ता जाइ लागेकाे आराेप

नेपालगाथा २०७८ मंसिर १४ गते मंगलबार १०:३२:१३ मा प्रकाशित

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा केही अनौठा दृश्य पनि देखिएका छन् । चुनावमा उठेका केही उमेदवारको नाम र उनीहरुले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको लिस्ट प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाइ वितरण गरिएको छ ।

चितवनमा एमालेको मतदान सुरु भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भएको भन्दै अध्यक्षका प्रत्यासी भीम रावलले निन्दा गरेका छन् । 

अध्यक्षका उमेरदवार भीम रावल, उपाध्यक्षका उमेदवार घनश्याम भुसाल तथा भीम अचार्य, टंक प्रसाद कार्की लगायतको नाम छ । यसप्रति आपत्ति जनाउँदै रावलले यस्तो कार्य रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । यस्तो कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर पार्ने रावलको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top