होमपेज / राजनीति
काठमाडौं । ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेपछि सुवासचन्द्र नेम्वाङ आफू उनीभन्दा अघि राजनीतिमा आएकाले नेता मान्न नसक्ने अडान राख्दै आए ।
वरिष्ठ उपाध्यक्षका लागि निवर्तमान महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दाबेदार थिए । ओली पछिको नेता बन्ने होडमा पोखरेल र नेम्वाङको दूरी निकै बढेको थियो । पोखरेलले वकिलले पार्टी चलाउँछ र ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले चुनाव लड्न चुनौती मात्र दिएनन्, ओलीलाई तपाईंबाहेक अरुलाई नेता नमान्ने सन्देश पठाएका थिए ।
नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन पृथ्वीसुब्बा गुरुङ, शेरधन राई, बसन्त नेम्वाङ जनजाति नेताहरूले ओलीलाई दबाब दिएका थिए । उनलाई हटाएर अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्ष बनाएका ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुँदा नेम्वाङ भने उपाध्यक्षमा पनि चुनाव लड्न बाध्य भएका छन् ।
उनले आगामी चुनावपछि राष्ट्रपतिको उमेदवार बन्ने गरी वरिष्ठ उपाध्यक्ष छोडेको पनि टिप्पणी भएको छ । तर, नेम्वाङले भने त्यसलाई अस्वीकार गरेका छन् ।