ट्रेण्डिङ

होमपेज / राजनीति

बन्दसत्र एक घण्टा धकेलियो,अध्यक्षमण्डलमा छलफल हुँदै

नेपालगाथा २०७८ मंसिर १२ गते आइतबार १९:४८:४७ मा प्रकाशित

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्र एक घण्टा सारिएको छ । आइतबार साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको छ।  

एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजे शुरू हुने बताएका छन् ।‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ’, उनले भने । उनले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताएका छन् । यसका साथै उनले पदाधिकारीको नामावली विवादरहित ढंगले टुंगिसकेको बताएका छन् ।

बन्दसत्र सारेर अहिले  सेभन स्टार होटलमा महाधिवेशन अध्यक्षमण्डलको बैठक बसेको छ । बैठकमा केपी ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्टमाथि छलफल भइरहेको छ ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र अझै शुरू हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top