होमपेज / राजनीति
जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।
आइतबार दिउँसो २ बजे बलरा नगरपालिका वडा नम्बर ९ मा वडा अधिवेशनमा गोली चलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
खेलकुद मन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मी (पिएसओ)ले गोली चलाएका हुन्।