होमपेज / राजनीति
काठमाडौं । कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ ।
छलफलबाट केही समयअघि सुवास नेम्वाङ बाहिरिएका छन् । उनी वरिष्ठ उपाध्यक्षको आकाक्षी हुन् । ओलीलाई भेटेर बाहिरिँदै उनले आफूले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने बताए। “अध्यक्षले कुराकानी गरिरहनुभएको छ, मैले पद छाडेको छैन,” उनले भने ।
महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।