होमपेज / राजनीति
जनकपुरधाम । जनकपुरका मेयर लालकिशोर साहले नगर सफाइमा ध्यान नदिएको र भ्रष्टाचारमा डुबेको भन्दै २९ जनप्रतिनिधि आन्दोलन गर्न काठमाडौं पुगेका छन् ।
वडा नम्बर ३ अध्यक्ष दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायत २९ जना जनप्रतिनिधिकाे टोली काठमाडौं आएकाे हाे ।याे टाेलीले आज सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । उनीहरूले माइतीघरमा प्रदर्शन गर्ने तयारी पनि गरेका छन् । स्थानीय तहकाे चुनावका बेला मेयर साहले सरसफाइकाे मुद्दालाई प्राथमिकतामा राखेकाे तर चुनाव जितेपछि ध्यान नदिएकाे उनीहरूकाे आराेप छ ।
वडाध्यक्ष दिपेन्द्र साहले आज माइतीघरमा प्रदर्शन र सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेको मेयर साहमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने समेत माग गरे । उनले भने, ‘मेयर साह असफल भइसके । उनले राजीनामा दिनुपर्छ ।’