ट्रेण्डिङ

होमपेज / राजनीति

भीम रावलको पर्चा बाँड्न रोक

नेपालगाथा २०७८ मंसिर १२ गते आइतबार ११:२६:१३ मा प्रकाशित

सौराहा । नेकपा (एमाले)को जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ ।

पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए ।

पर्चामा रावलको तस्बिरसहित ‘अध्यक्ष पदमा मेरो उमेदवारी किन ?’ लगायत लेखिएको छ । रावल आफैँले भने पर्चा बाँडेका होइनन् । कार्यकर्ताले पर्चा बाँडिरहँदा उनी त्यहाँ थिएनन् ।पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top