ट्रेण्डिङ

होमपेज / राजनीति

हामीबीच संवाद र सहकार्य आवश्यक छ : देउवा

एमाले महाधिवेशन

नेपालगाथा २०७८ मंसिर १० गते शुक्रबार २०:०४:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, ‘नेपालको संविधान र लोकतन्त्र सबै मिलेर ल्याएका छौँ। त्यसको कार्यान्वयन गर्न सब दलको भूमिका रहन्छ।’ नयाँ संविधानलाई संस्थागत गर्नको लागि नेकपा एमालेलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे। 

‘हामीबीच मतभेद त छ त्यसैले हामी अनेक दलमा छौँ। लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्न, राष्टिय स्वाधीनतासँग जोडेर देशलाई समृद्ध बनाउने विषयमा सबै पार्टीको लक्ष्य हो’ प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच संवाद र सहकार्य आवश्यक छ। नीतिगत विमतिलाई संविधानमार्फत स्वीकार गर्नु वातावरण बनाऔँ।’ दलहरूबीच छलफल र संवादमार्फत सबै समस्याको समाधान गर्न चाहेको स्पष्ट पारे। संसदभित्र र बाहिरका सबै दलहरूसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए। यस्तै, नागरिकको रक्षा नै पहिलो प्राथमिकता भएकाले कोरोनाको खोप सबैलाई लगाइरहेको बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top