ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दै

नेपालगाथा २०७८ मंसिर १० गते शुक्रबार १०:४६:४६ मा प्रकाशित

काठमाडौं। नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ। महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। बैठकले नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गर्नेछ। एमालेमा विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी संख्यामा समेत हेरफेर गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top