होमपेज / राजनीति
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा मंगलबारका लागि १० वटा इजलास तोकेका छन् । जबराले आफूलाई भने पेसी तोकेका छैनन् । मंगलबारका लागि नौं संयुक्तसहित एक एकल इजलास तोकिएको छ भने बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ ।
नियमावली राजपत्रमा प्रकाशितसँगै गोलाप्रथाबाट इजलास तोकिने भनिएको भए पनि प्रधानन्यायाधीश जबराले मंगलबारका लागि इजलास तोकेका हुन्। सर्वोच्चको फुलकोर्टले पारित गरेको नियमावली अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्न मिति तोक्ने छ । जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए ।