होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् ।वर्तमान अध्यक्ष केपी शर्मा ओली नै पुनः सर्वसम्मत अध्यक्ष हुने चर्चाका बीच रावलले उमेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणाअघि पत्रकार सम्मेलनमा रावलले महत्वपूर्ण घोषणा पार्टी कार्यालयबाटै गर्न चाहे पनि सम्भव नभएको बताए ।
रावलले भने, ‘पार्टी केन्द्रीय कार्यालय थापाथलीबाटै घोषणा गर्न लागेको थिएँ, तर महासचिवबाट महाधिवेशनको व्यस्तताले गर्दा त्यहाँ भएका सबै कक्षहरु खाली छैनन् भन्ने जानकारी प्राप्त भएपछि यो महत्वपूर्ण विषयको घोषणा रिपोर्टस क्लवबाट गर्नुपरेको हो ।’