ट्रेण्डिङ

होमपेज / राजनीति

युद्धका बेलाका कमजोरीहरूको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौं: प्रचण्ड

नेपालगाथा २०७८ मंसिर ५ गते आइतबार १४:४१:५८ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजसम्मका राजनीतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं।’

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो समयमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न र पीडितहरुलाई परिपुरण गर्न अझै बाँकी रहेको उनले बताएका छन् ।

संविधानसभाबाट संविधान जारी गर्ने र सेना समायोजनको काम सम्पन्न भइसकेको उल्लेख गर्दै अध्यक्ष प्रण्चण्डले द्वन्द्वकालिन घटनाको सत्य तथ्य छानविन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविनले काम गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top