होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । आज दिउँसो ३ बजे काठमाडौँमा विशेष पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।
दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए ।