होमपेज / राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् ।
आज सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले दंगा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा मागेका हुन् । उनीहरूले प्रधानन्यायाधीशकाे राजीनामा माग्दै नाराबाजी गरिरहेका हुन् ।
'हामी अरु जान्दैनाैँ, चोलेन्द्रलाई मान्दैनौँ' लगायतका नारा कानुन व्यवसायीहरूले लगाइरहेका छन् । १४ कात्तिकदेखि धर्ना दिन सुरु गरेकाे बारले २६ कात्तिकदेखि जबरालाई सर्वाेच्च छिर्न नदिने भन्दै मूल गेटमा बाटाे छेकिरहेकाे छ । बारले मूल बाटाे छेकेपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटाे भएर सर्वाेच्च छिर्ने गरेका छन् ।
आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् ।