होमपेज / राजनीति
काठमाडौं । गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यको सरुवा गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले पुष्टि गरे ।प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार डीआईजी आचार्यलाई लागू औषध नियन्त्रण ब्युराे तानेर उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयमा कार्यरत डीआईजी प्रकाश अधिकारीलाई पठाइएको छ ।
बेला-बेला विवादमा मुछिने गरेका डीआईजी आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएका छन् ।