ट्रेण्डिङ

होमपेज / राजनीति

आन्दोलनरत नेपाल बार एशाेसिएसनले आज पनि धर्ना कार्यक्रमलाई जारी राखे

नेपालगाथा २०७८ मंसिर ५ गते आइतबार १०:५२:३५ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको विरुद्धमा करिव एक महिनादेखि आन्दोलनरत नेपाल बार एशाेसिएसनले आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।

आफ्नो शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति थप आक्रोशित बनेको नेपाल बार एसोसिएसनले आजदेखि देशव्यापी विरोध कार्यक्रम गर्दैछ । नेपाल बारले राजीनामाको माग गरी आन्दोलनमा रहेका बेला प्रधानन्यायाधीशले सर्वोच्च अदालतको इजलासमा बस्न नहुने माग कानून व्यवसायीहरुको छ । नेपाल बार परिषरमा भेला भएका कानून व्यवसायीले हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन् ।

बारले आजदेखि शुक्रबारसम्म देशव्यापी विरोध गर्ने भएको हो । बार महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्राचार गर्दै ५ देखि १० मंसिरसम्म आन्दोलनमा उत्रिन आग्रह गरेका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत आज देशभरका बार इकाइलाई बहस बहिष्कार गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top