ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी टुंगो गर्न अमेरिकी सहायक विदेशमन्त्री लुले दिए मंसिर २८ को समयसीमा

एमसीसीबारे छिटो निर्णयमा पुग्न प्रचण्डलाई अमेरिकी सहायकमन्त्रीको आग्रह

नेपालगाथा २०७८ मंसिर ३ गते शुक्रबार १७:१४:३० मा प्रकाशित

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहायता परियोजना (एमसीसी) पास नभए फिर्ता लैजाने चेतावनी दिएका छन् । 

 अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका छन् ।

लुले शुक्रबार सिंहदरबारमा प्रचण्डसँग भेट गरेका थिए ।सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘नेपालले एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म भन्नु पर्‍यो । हुन्छ कि हुन्न भन्ने जवाफ चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौं भन्नु भएको छ’ दाहालसँगको भेटमा भएको कुराकानीबारे उनका स्वीकय सचिव रमेश मल्लले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top